महानवमी आज / दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै





टोखा काठमाडौं, आश्विन ३० -
 बडादसैँको नवौँ दिन आज नेपालभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ ।घटस्थापनाका दिन आ-आफ्ना घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।
शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।अधिकांश ठाउँमा महाष्टमीको दिन दसैँघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।
यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ । महानवमीको अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।
बसन्तपुरमा रहेको तलेजु भवानीको मन्दिरमा झैं टोखास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ ।

गणेशको पूजा गर्दै 
पूजा गर्नको लागि लाममा बस्दै 
जमरा चराउदै







Post a Comment

Previous Post Next Post