भिन्नरुपले सक्षम मानव स्याहार केन्द्रको सुरुवाट

टोखा, काठमाडौं
२०६७÷०४÷१९
अपाङ्गहरुको स्याहार,सम्मानजनक व्यवहार को मुल नारा लाई आत्मा साथ गरी अपाङ्गहरुको बैदिक क्षमता लाई अभिबृद्धि गर्ने उद्देयले भिन्नरुपले सक्षम मानव स्याहार केन्द्र -DIFFERENT ABLE HUMAN CARE CENTER, DHCC) नामक केन्द्रको स्थापना भएको छ । गत साता अर्थात सावन नौ गते गुरु पुर्णिमाको पावन अवसर पारी यस केन्द्रको समुद्घाटन गरी यो टोखा चण्डेश्वरी–२ मा । उक्त स्याहार केन्द्रको उद्घाटन टोखा चण्डेश्वरी–२ निवासी हरी बहादुर श्रेष्ठ(जो यस केन्द्रका संस्थापक अध्यक्ष हुनुहुन्छ)की छोरी करुण श्रेष्ठ (सोनी)को कोमल हातबाट यस केन्द्रको समुघाट्न गरिएको थियो ।
यस केन्द्रको संस्थापना किन गर्नु भयो त भन्ने प्रश्नमा यस केन्द्रका अध्यक्ष हरि बहादुर श्रेष्ठ भन्नु हुन्छ–“अपाङ्गलाई तिरस्कार होइन माया दिनु पर्छ, अपमान होइन सम्मान गर्नु पर्छ । उनिहरुले पनि सम्मानित नागरीक जस्तो बाच्न पाउनु पर्छ यो उनिहरुको नैसर्गिक अधिकार हो । स्वतन्त्र र खुशीको जीवन बाँच्न पाउन र समाजले बोझ थानेका यीनिहरुले समाजका लागि केहि गर्न सक्षम होस भन्नाका खातिर नै यो केन्द्रको स्थापना हुन पुगेको हो ।”
यस केन्द्रको मुख्य उद्देश्य अपाङ्गहरुलाई सक्षम र स्वावलम्बी व्यक्ति बनाउनु नै हो । यो हुदाँ हुदा पनि यस संस्थाको मुख्य उद्देश्य निम्न रहेका छन्–
  • आपाङ्गमा अन्तरनिहित प्रतिभाको प्रष्फुटन गराईने
  • आपाङ्गहरुको हकहित र अधिकारका लागि आवाज उठाईने
  • उनीहरुलाई राज्य स्तरबाट पाउने सुविधा दिलाउने,
  • अपाङ्गताको रोकथाम, अभिभावक जागरण र चेतनामुलक कार्यक्रम गर्ने,
  • आवश्यक उपचार, शिक्षा र पुनःस्थापना कार्यक्रम ल्याउने,
  • म पनि केहि गर्न सक्छु भन्ने भावनाको विकास गरी आत्मबल सिर्जना गराउने आवश्यक वातावरणको प्रदान गर्ने,
  • समाजमा मर्यादित र सम्मानित जीवन बाँच्ने वातावरणको सिर्जना गराउने,
  • अन्य बिकल्पहरुको सिर्जना गरी उनीहरुलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराउने,
  • सीपमूलक तालिमको व्यवस्था गरी सामाजिक जीवनयापन गर्न सक्षम बनाउने,
  • अन्य व्यवहारिक, आयमुलक र मनोरञ्जनात्मक तालिम दिलाई स्वावलम्बी बनाउने,
  • छुट्टै आवास भवन निर्माण गर्ने आदि ।
ढिलै भएपनि सम्बन्धित अभिभावकहरुद्धारा खोलिएको यस संस्थाले एउटा नौलो कार्यको सुरुआट भएको छ । जुन अत्यन्तै प्रशंसनीय कार्य भएको छ । अपाङ्गहरु भिभावक र परिवारकालागि बोझको आभास नहोस् र उनीहरु पनि अभिभावकहरुको शेष पछि घरको न घाटको हुनु नपरोस् भन्नु पनि यस संस्थको स्थापनाको तात्पर्य रहेको छ ।
अपाङ्गहरुको समस्या विश्वव्यापी समस्या र चासोको विषय बन्दै गई रहेको परिपेक्ष्यमा यस केन्द्रको स्थापना हुनुले केही हद सम्म भए पनि अपाङ्ग भई लाचार अनि परिवारमा बोझ भएर बसेकाहरुले एउटा नयाँ जीवन पाउने निश्चय नै देखिन्छ । टोखाकै पहिलो यो केन्द्रले आफुलाई कसरी समाजमा प्रस्तुत गर्छ त्यो त हेर्न बाँकी नै छ । यस केन्द्रलाई सफल रुपमा सञ्चालन गर्न हामी सबै एक जुट भएर लाग्नु पर्ने निश्चित नै छ । आफु बाचौँ र अरुलाई पनि बाँचन दिउ

यस संस्थालाई flow up गर्दै छौ हेर्न नभुल्नु होला ।

Post a Comment

Previous Post Next Post