स्वस्थानीकथामा वर्णित टोखा (फोटो सहित)

माघ ३ २०७० (न्युज अफ टोखा)- यस वर्षको माघ २ गते विहिबार देखी एक मिहना लाम्रो स्वस्थानीब्रर्त कथा भन्ने र ब्रर्त वस्ने दिनको शुरु भई सकेको छ । हिन्दुधर्मावलीहरुले यसलाई ठुलो धार्मिक पर्वका रुपमा ग्रहण गर्दै आइरहेको छ । घरघरमा स्वस्थानीको कथा भन्न लगाउने तथा स्वस्थानीकथामा वर्णन गरेका पीठहरुमा गएर नुहाउने ब्रत वस्ने गर्दछन । एक महिना लाम्रो ब्रतबस्ने यो पर्वको अवसरमा टोखामा पनि विविध तरिकाले मनाउदै आइरहेको छ । यस दिनको शुरुवाटसँगै विहान सवेरै चण्डेश्वरी मन्दिर परिसरमा गई हरिहर भजन गाउने परम्परा अहिले सम्म रहदै आइरहेको छ ।
 photo 4cc9e81e.jpg
                                                        चण्डेश्वरी मन्दिर परिसर  ।                                          फोटोः सुविन्द्र श्रेष्ठ
स्वस्थानीकथामा वर्णित गरे अनुसार टोखाको चण्डेश्वरी मन्दिर परिसरमा  हिमालयकी पुत्री पार्वतीले श्री महादेवलाई पतिको रुपमा प्राप्त गर्न टोखाको पिण्डारक तीर्थमा नुहाई चण्डिकेश्वर महादेवको पूजा तथा आराधना गरेको स्वस्थानीमा उल्लेख पाइन्छ । यसका साथै दक्षप्रजापतिले अशोमेघा होम गरेको र दक्षप्रजापती र वीरभद्र तथा देवगणहरुको घमासान युद्ध भएको स्थलको रुपमा स्वस्थानीब्रर्त कथामा उल्लेख गरिएको पाईन्छ । दक्षको शिर क्षेदन गरेको भुमिकारुपमा पनि टोखामा रहेको चण्डेश्वरीको वर्ण गरिएको पाईन्छ । यसको प्रमाणको रुपमा हालसम्म यस चण्डेश्वरी मन्दिरको दक्षिणमा रहेको माटाको कालो थुम्को, दक्षप्रजापतिको बोकाको टाउको भएको प्रस्तर मूर्ति तथा दक्षको यज्ञशाला देख्न किन्छ । टोखाको यही चण्डेश्वरी मन्दिरनिर दक्षप्रजापतिले यज्ञ गरेको र सतीदेवीले यज्ञकुण्डमा हाम्फालेको भन्ने कुरालाई यस मन्दिर परिसरमा अहिले सम्म बाँकी रहेको अवशेषले थप पुष्टि गरेको छ ।
 photo Tokha.jpg
                                                          यज्ञकुण्डको अवशेष                                                फोटोः सुविन्द्र श्रेष्ठ
 photo tokha1_zps7afbd6b8.jpg
                                 दक्षप्रजापतीको शिर क्षेडन गरिएको अवस्थाको प्रर्तिमा                      फोटोः सुविन्द्र श्रेष्ठ
 photo tokha_zps4686d234.jpg
         दक्षप्रजापतीको शिर क्षेडन पछि बोकाको टाउँको राखिएको अवस्थको प्रर्तिमा ।          फोटोः सुविन्द्र श्रेष्ठ

यस पौराणिक महत्व बोकेको स्थलको प्रचार प्रसार गर्ने तर्फ कसैको पनि ध्यान गएको देखिन्दैन । यदी यस स्थललाई हामीले प्रचारप्रसार गर्न सकेको खण्डमा यस स्थललाई धार्मिक तिर्थ स्थलका साथै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने कुरामा कसैको पनि दुईमत नहोला ।
साथमा यो पनि हेर्नुहोस् ।

Post a Comment

Previous Post Next Post