काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवारहरुलाई मतदान किन ?

२०७० कार्तिक ५ मंगलबार:- मंसिर ४ गते हुन लागेको दास्रो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट मुख्य राजनीतिक दलहरुका कोको उम्मेदवारहरु उठेका छन् र तीनिहरुलाई नै  मतदान किन ? भन्ने सवालमा यहाँ तीनिहरुको घोषणा प्रत्र तथा प्रतिबद्धता पत्रलाई प्रस्तुत गर्दैछू । यस्तो छ तीनिहरुका घोषणा प्रत्र तथा प्रतिबद्धताहरुः

एकीकृत नेकपा (माओवादी) काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार महेन्द्र श्रेष्ठलाई 'गोलाकारभित्रको हँसिया हथौडा' चिन्हमा मतदान किन ?
- अघिल्लो संविधानसभाले टुङ्गयाउन नसकेका विषयहरु राज्य पुनर्संरचनालाई सदियौं देखि जातीय तथा क्षेत्रीय उत्पीडनमा रहेका आन्तरिक राष्ट्रियतालाई सम्बोधन गर्ने पहिचान र अधिकार तथा सामथ्र्य सहितको संघिय प्रणालिको व्यवस्था गर्न, अर्को विषय शासकीय स्वरुपमा भ्रष्टाचार, कुशासन र अस्थिर राजनीतिको पर्यायवाची बनेको संसदीय प्रणालिको ठाँउमा राष्ट्रिय स्वाधिनताको खम्बा, राजनीतिक स्थिरताको सुनिश्चितता, भ्रष्टाचार र कुशासनका विरुद्ध प्रभावकारी ढंगले लड्न सकिने जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपतिय प्रणालीको सुनिश्चित गरी नयाँ संविधानको ग्यारेन्टी गर्न ।
- मुठ्ठीभर हुनेखाने पहुँचवाला अभिजात वर्गको लागिमात्र हुने बुर्जुवा लोकतन्त्र होईन किसान, मजदुर र सम्पूर्ण उत्पिडित जनताको लागि हुने समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्रको सुनिश्चित गरी मुलुकलाई सामाजिक न्याय सहितको तीव्र आर्थिक समृद्धीको बाटोमा हिडाउन पूर्ण रुपले सर्मपित हुने ।

- बिकास निर्माण, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, बेरोजगार समस्या समाधान, लगायतका कामहरुमा सधै दृढ प्रतिवद्ध रहि हरेक दुःख सुखमा जनताकै साथमा रहने ।

- शिक्षा, संस्कृति, खेलकुद, साहित्य, कला र संगीतको उत्थानका निम्ति सधै समर्पित रहने ।

- समाजका अग्रजहरुको पूर्ण सम्मान गर्ने, देशको जनशक्तिलाई आफ्नो समाज र मुलुकको उन्नतीको पक्षमा क्रियाशिल बनाउन उत्प्रेरित गर्ने र नयाँ पुस्ताका युवाहरुलाई सक्षम, सवल र आत्मसम्मानित बनाउन हरदम समर्पित रहने ।

नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार महासचिव ईश्वर पोखरेललाई  ‘सूर्य’ चिन्हमा मतदान किन?
- पूर्णकालीन नेताका रुपमा विगत ४३ वर्षदेखि मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रको प्राप्ति तथा त्यसको सम्बद्र्धनमा लागिरहनु भएकाले, 
- नेकपा (एमाले)को महासचिवजस्तो उच्च नेतृत्वमा रहेर पार्टीको संगठनलाई विस्तार र समृद्ध गराउन अनवरत क्रियाशील रहनुभएकाले,
 - उपप्रधानमन्त्रीका हैसियतमा विभिन्न मन्त्रालयहरुको जिम्मेवारी लिई मुलुकको शासन व्यवस्था संचालन गरेको गहिरो अनुभव हासिल गरेकाले,
 - अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सम्पर्क–सम्बन्ध बनाउँदै नेपालको छविलाई अझ उचाईमा पु¥याउनसक्ने क्षमता भएकाले,
 - नेपालको आर्थिक समृद्धि र विकासलाई प्रमुख मुद्दाको रुपमा लिएर स्पष्ट दृष्टिकोण दिनसक्ने नेतृत्वदायी क्षमता भएकाले, 
- माओवादीका पूर्व लडाकूहरुको समायोजन र व्यवस्थापन गर्ने÷गराउने कार्यमा ‘सेना समायोजन विशेष समिति’को सदस्यका हैसियतले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने नेतृत्वदायी भूमिका निर्वाह गरेकाले, 
- स्पष्ट वक्ता र स्वच्छ छवि भएको तथा विषयको गहिराइसम्म पुगेर तार्किक अभिव्यक्ति दिनसक्ने गुणका सरल र व्यवहारवादी व्यक्तित्व भएकाले, 
- काठमाडौं क्षेत्र नं. ५ लाई आफ्नो स्थायी बसोबास र कर्मथलो बनाई यसको भौतिक, संरचनागत र क्षेत्रगत विकासमा निरन्तर योगदान गर्दै आउनुभएकाले, 
- संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी लिनसक्ने प्रभावकारी नेतृत्व भएकाले, 
- हरेक व्यक्तिले सहज पहूँच र सम्पर्क बनाई आफ्नो समस्या राख्नसक्ने र समस्या समाधान गर्नका निम्ति लागि पर्ने कार्यशैली भएकाले र 
- यस निर्वाचन क्षेत्रमा बाटो–घाटो निर्माण, फोहर–मैला व्यवस्थापन, स्व–रोजगारीको अवसर सिर्जनालगायतका कामहरु गर्नुपर्ने भएकाले !

सङ्घीय समाजवादी पार्टी काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार लालबहादुर तामाङ्लाई 'छाता' चिन्हमा भोट किन ?

१.दोश्रो संविधानसभाबाटै पहिचान र संघीयता सुनिश्चित भएको संविधान जारी गर्न

२.गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व नयाँ संविधानमा संस्थागत गर्न

३. उत्पीडित उपेक्षित आदिवासी, महिला, दलित, अपाङ्गको अधिकार सुनिश्चित गर्न

४. वर्गिय उत्पीडनमा परेका खस आर्य जातिको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न ।
५. नेवाः ताम्सालिङ, शेर्पा, किराँत, लिम्बुवान, मगरात, थरुहट, कोचिला, तमुवान, खसान, जडान स्वायत्त प्रदेश स्थापना गर्न ।
६. दोश्रो संविधानसभामा पहिचान सहितको संघीयताको पक्षमा सशक्त बहस पैरवी गर्न र पहिचान विनाको संघीयता संविधान जारी गर्ने षड्यन्त्रलाई रोक्न ।
७. विशेष आर्थिक रुपान्तर, वातावरणीय भौतिक विकासको माध्यमबाट क्षेत्र नं.५ लाई समृद्ध र एउटा विशेष नमूना क्षेत्र बनाउन
८. क्षेत्र नं.५ मा आवश्यक सम्पूर्ण विकाश निर्माण योजनाहरुलाई पारदर्शि, प्रभावकारी एवं शतप्रतिशत जनताको सहभागितामा कार्यान्वयन गर्न ।
९. सबै जातजातीको मातृभाषा, धर्म तथा संस्कृतिको संरक्षण तथा विकासको लागि पर्याप्त बजेटको व्यवस्था गर्न
१०. युवाहरुको लागि विशेष कार्यक्रम सहित स्वरोजगारको लागि सरकारबाट निब्र्याजी ऋणको व्यवस्था गर्न ।
११. किसानहरुको लागि आवश्यक मलखाद, सिचाई, बिउविजन तथा कृषि उत्पादनका लागि उचित बजार व्यवस्थापन गर्न ।
 

नेपाल मजदुर किसान पार्टी काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार राजवीर डंगोललाई 'मादल' चिन्हमा मतदान किन?
- उत्पादनका मुख्य मुख्य साधन राष्टियकरण गराउन,
- शिक्षा र स्वास्थ्य निशुल्क गराउन,
- योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था गराउन,
- व्यक्तित्व विकासमा समान अवसर प्रदान गराउन,
- जमिन जोत्नेलाई वितरण गर्ने क्रान्तिकारी भूमिसुधार लागु गराउन,
- शोषणविरुद्धको हकको व्यवस्था गराउन,
- टुहुरा, टुहुरी अपा ,विधुवा, असहायको जीवन सुनिश्चित गराउन, ज्येष्ठ नागरिकलाई जीवनको सुनिश्चितता र आदर निकेतन सुविधाको अधिकारको व्यवस्था गराउन,
- गाविस र नगरपालिकाको प्रत्येक वडामा शिशुशाला र बालोद्यानको व्यवस्था गराउन,
- युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न र रोजगारी नभएसम्म भत्ताको व्यवस्था गराउन,
- युवाहरुलाई अनिवार्य खेलकुद, शारीरिक शिक्षा र सैनिक शिक्षा दिने व्यवस्था गराउन,
- १६ वर्ष उमेर पुगेकालाई मतदानको व्यवस्था गराउन,

- कामदार वर्गलाई राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्व गराउन,
- देशको ५० प्रतिशत बजेट स्थानीय निकायमार्फत् खर्च गरी विकास निर्माण गराउन,
- सम्पत्तिको सीमा तोक्न र विदशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गराउन,  अहिमाल, पहाड र तराई समाबेश भएको १४ सड्घीय प्रदेशको व्यवस्था गराउन,

- कर्णाली अन्चल र अन्य पिछडिएको क्षेत्रको विकासको लागि विशेष व्यवस्था गराउन,
- प्राकृतिक स्रोत साधन र देशला दीर्र्घकालीन असर पर्ने सन्धि र सम्झौता संसदको दुई तिहाई बहुमतबाट पारित गर्ने प्रावधान राख्न लगाउन,-

 - प्रत्यक्ष निर्वाचित राष्टपतीय शासन र संसद सदस्य मन्त्री बन्न नपाउने वन्दोबस्त गराउन,
- न्यायालय, सेना, प्रहरी प्रमुख सम्बन्धित क्षेत्रबाट निर्वाचन गराउन,

- अर्को व्यवस्था नभएसम्मको लागि तत्काल स्थानीय निकायको निर्वाचन गर्ने व्यवस्था गराउन,

Post a Comment

Previous Post Next Post