काठमाडौं । लायन्स क्लव अफ काठमाडौँ एपेक्स तथा लायन्स क्लव अफ काठमाडौँ बैंकर्सको संयुक्त आयोजनामा श्री चण्डेश्वरी माध्यामिक विद्यालय, टोखाका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।
आइतबार विद्यालय प्राङ्गणमा एक औपचारिक कर्यक्रमबीच विद्यालयका १०० जना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको लायन्स क्लव अफ काठमाडौँ एपेक्सका अध्यक्ष राम कृष्ण डंगोलले बताउनु भयो ।
लायन्स क्लव अफ काठमाडौं एपेक्स र बैंकर्सले गरिव तथा हेजेन्दार विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा सानो सहयोग स्वरूप स्कुल ब्याग वितरण गरिएको भन्दै डंगोलले आउदा दिनहरूमा पनि क्लवले विद्यालयलाई निरन्तर सहयोग गर्ने बाचासमेत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोध्न गर्दै कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिकराज जोशीले बालबालिकाहरुलाई स्कुल ब्याग दिएर सयोग गरेकोमा आयोजकलाई धन्यवाद दिदै विद्यालयको भौतिक पुर्वाधारको व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्ने दिशातर्फ वडा कार्यालय र विद्यालय व्यवस्थापन समिति लागि परेको बताउनु भयो ।
जनप्रतिनिधि तथा समाजिक अगुवाहरुको बालबालिकाहरु सामुदायीक विद्यालयहरुमा अनिवार्य रुपमा अध्ययन अध्यापन गराउने हो भने मात्र सामुदायिक विद्यालयको शैक्षिक स्तर तथा भौतिक पुर्वाधारहरुको विकास हुने समेत अक्ष्यक्ष जोशीले बताउनु भयो । थप समाचार
Post a Comment