तलेजु क्वाखल टोल विकास संस्थानको अध्यक्षमा गणेशलाल श्रेष्ठ

 

पूर्व अध्यक्ष रमेश नापितसँगै नयाँ अध्यक्ष गणेशलाल श्रेष्ठ




न्यूज अफ टोखा, काठमाडौँ । तलेजु क्वाखल टोल विकास संस्थानको प्रथम अधिवेशनबाट गणेशलाल श्रेष्ठको अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।


तलेजु क्वाखल टोल विकास संस्थानको बुधबारभएको प्रथम अधिवेशनबाट गणेशलाल श्रेष्ठको अध्यक्षमा १५ सदसिय नयाँ कार्यसमितिको सर्वसहमतमा चयन गरिएको कार्यक्रममा सभापति तथा संस्थानका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो ।


अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण श्रेष्ठ , सचिवमा धर्मेन्द्र नापित, सहसचिवमा सुदर्शन श्रेष्ठ , कोषाध्यक्ष नारायणी श्रेष्ठ , हकोषाध्यक्षमा वीरलाल श्रेष्ठ  रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल डंगोल , सुमन डंगोल, शोभा श्रेष्ठ , पुष्प श्रेष्ठ , सानुकाजी श्रेष्ठ , सुरोज डंगोल , सुबिन्द्र श्रेष्ठ र राजु डंगोल रहेका छन् । सल्लाहकारमा तीर्थ डंगोल , शिवराज श्रेष्ठ र दिपक डंगोल रहेका छन् ।

Post a Comment

Previous Post Next Post