नगर प्रमुख प्रकाश अधिकारीद्वारा टोखा ११ मा वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

 काठमाडौँ । टोखा नगरपालिका वडा नं. ११ कार्यालयको प्रशासनिक भवनको नगर प्रमुखबाट शिलान्यास भएको छ । महिलाहरुले पञ्चेबाजा बजाएपछि नगरप्रमुखले शिलान्यस गरेका थिए । बिहिबार बिहान गोङ्गबुस्थित महादेवटारमा शिलान्यास भएको हो । दुई करोड पाँच लाख लागतमा २०७८ असोज महिनाभित्र सो भवन निर्माण भइसक्ने वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भवनको शिलान्यास गर्दै जनचाहना बमोजिम भौतिक पूर्वाधारसहित सडक, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास एवम् विस्तार गरी नगरपालिकालाई देशकै नमूनाका रुपमा स्थापित गर्न आफ्नो टोली अहोरात्र खटिरहेको बताए ।
वडाध्यक्ष अधिकारीले भाडामा लिइएको कार्यालय भवनबाट जनतालाई सेवा प्रदान गर्न केही कठिनार्इ परिरहेको जानकारी दिँंदै वडाको प्रशासनिक कार्यालय भवन निर्माणपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे ।
गोङ्गबु चक्रपथ चोक बाहिर करीब एक किलोमिटरको दूरीमा निर्माण हुने सो भवन नगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको हो । भवन निर्माणको जिम्मेवारी आत्रेय निर्माण सेवा प्रा.लि.ले पाएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए।

Post a Comment

Previous Post Next Post