काठमाडाैं - पूर्वमन्त्री, मानवअधिकारकर्मी, भाषिक अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको अाइतबार निधन भएकाे छ ।
७८ वर्षको उमेरमा तुलाधरको आइतबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित तुलाधरलाई केही महिनाअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बन्नु भएको थियो । २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उहाँ मावनअधिकार अभियन्ताका रुपमा चिनिनु भएको हो ।
पञ्चायतकालदेखि राजनीति थाल्नु भएका तुलाधार २०६२-६३ को जनआन्दोलनमा नेताहरुसँगै आन्दोलनमा सहभागी हुनुभएको थियो । तुलाधरले तत्कालीन माअाेबादीलार्इ शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे ।
नेपालभाषाको उठानका लागि भाषिक अभियान्ताका रुपमा समेत आफुलाई अगाडि सारेका तुलाधर नेवाः देय् दबुका संस्थापक तथा संरक्षक समेत हुन ।
प्रकाशित मिति २०७५ कार्तिक १८ गते आइतवार
Post a Comment