असोज १६, काठमाडौँ । बस्ती
भित्ररहेका घरको स्वरुपलाई कलात्मक तथा मौलिकता झल्किने गरी एकरुपता बनाउने भएको छ
।
टोखा न.पा. ३
र २ मा पर्ने मूल बस्ती प्रवेश मूः ध्वाखादेखि गणेशस्थानसम्म रहेका दायाँबायाँका
घरहरु मौलिक परम्परागत स्वरुमा एकरुपता बनाउन विशेष गुरु योजना तयारिका लागि स्थलगत
अवलोकन गरेको छ ।
टोखा न.पा. २
र ३ का वडा अध्यक्ष दीपकराज जोशी, सिंहराज श्रेष्ठकासाथै नेवा गुथिका अध्यक्ष देवराज डंगोल, महासचिव रमेश नापित, वडा सदस्य प्रेमकृष्ण खड्गीका
साथै इन्जिनियरको एक टोलिले हिजो सामुहिक रुपमा गणेशस्थानदेखि मूःध्वाखासम्म स्थलगत
अवलोकन गरेका थिए ।
बस्तीको मूल
सडकको दीर्घकाली व्यवस्थापन, अव्यवस्थित
झुण्डिएका तारहरु लगायतका विभिन्न पक्षको समाधानका लागि गुरु योजना बनाएर अगाडी
बढ्न दुवै वडाका जनप्रतिनिधिहरु लागि परेका छन् ।
स्थलगत
अध्ययन पश्चात २ वडाको कार्यालयमा इन्जिनियरहरुले बुँगमतिमा बनाएको एकृकीत बस्ती
निर्माणको गुरु योजना देखाउदै टोखाको मूल सडक बस्तीको गुरु योजनाको ढाँचा कसरी
बनाउन सकिन्छ भनेर समेत छलफल गरिएको थियो ।केही सातादेखि आवश्यक प्रक्रियाहरु पुरा गरेर गुरु योजना निर्माणको कार्य अगाडी बढाउने दुवैपक्ष सहमत भएका थिए ।
त्यस्तै गरी
अहिले टोखाको साँस्कृतिक धरोहरको केन्द्रको रुपमा रहेको तलेजु मन्दिर परिसरदेखि
गणेशस्थान र पुखुसी परिसरको एकृकीत गुरु योजना निर्माण कार्य अन्तिम चरमा
पुगिसकेको अध्यक्ष जोशीले सोहि अवसरमा जानकारी गराएका थिए ।साथै त्यस्तै थरखेल खेल
मौदान तथा पार्कको गुरु योजनाको तयारी सम्पन्न भैसकेको समेत बताए ।
बस्ती प्रवेश
गर्ने ध्वाखादेखि सरस्वती चौर परिसरको गुरु योजना तयारी भएर पनि उपत्याका विकास
प्राधिकारणमा दिइसकेको ३ वडाका अध्यक्ष सिंहराज श्रेष्ठले छलफलका क्रममा जानकारी
गराए ।
अब टोखाको
समग्र विकासकालागि पहिला दीर्घकालिन गुरु योजना बनाएर वडा अगाडी बढ्ने भन्दै यसका
लागि अवश्यक पर्ने बजेट नगरपालिका तथा विभिन्न सम्बन्धित सरकारी निकायहरुसंग
समन्वयन गरी अगाडी बढ्ने २ वडा अध्यक्ष जोशीले बताए ।टोखा निर्माण गर्ने कार्यमा सबै एकजुटभएर अगाडी बढ्नु पर्ने आजको आवश्यता भएको भन्दै सबैलाई हातेमालो गर्दै विकास निर्माणको कार्यमा अगाडी बढ्न अनुरोध समेत गरे ।
Post a Comment