टोखा नगरपालिकालाई स्वस्थ्य केन्द्रको भवन हस्तान्तरण ( भिडियो सहित)



२६ असोज, काठमाडौं । टोखा नगरपालिका वडा नम्वर २ गलय्मा नव निर्मित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भवन निर्माण कम्पनी रेविना जम्बुद्धिपले नव निर्मित भवनमा बिहिवार एक कार्यक्रको आयोजना गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका प्रतिनिधि तथा सि..डि. लिला खतिवडाले जनस्वस्थ्य विभागका प्रमुख सुर्य बहादुर खड्कालाई भवनको नक्सा, भवन सम्वन्धित  कागजात तथा साँचो हस्तान्तरण गरिएको थियो भने जनस्वस्थ्य विभागका प्रमुख सूर्य बहादुर खड्काले टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई उक्त नव निर्मित भवनको नक्सा, भवन सम्वन्धित कागजात तथा साँचो हस्तान्तरण गरिएको थियो ।

टोखा नगरपालिका-२ तथा भवन निर्माण व्यवस्थापनका अध्यक्ष दिपक राज जोशीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा भवन ग्रहण गर्दै यस स्वास्थ्य केन्द्रलाई टोखा नगरको अस्पालको रुपमा  स्तोरोन्ती गरि लैजाने नगर परिसदको दोस्रो बैठकमा निर्यणय भैसकेको जानकारी गराएका थिए । नगरपालिकाका १ , २ र ३ वडाका र्सवसाधारणहरुलाई यो स्वास्थ्य केन्द्रले स्वास्थ्य उपचारमा ठूलो भूमिका खेल्ने भएकोले टोखा नगरपालिकाले यसलाई विशेष गम्भीरताका साथ लिने र यस स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने पूवाधार तथा उपकरणहरु सरकारका विभिन्न निकायबाट ल्याउने पहल सुरु भैरहेको समेत कार्यक्रमा मन्तव्य राख्ने क्रममा जानकारी गएका थिए ।

कार्यक्रममा अध्यक्ष तथा २ वडाका अध्यक्ष दीपकराज जोशीले यस भवन निर्माण सम्पन्नसँगै अवसर र चुनौति दुवै काँधमा थपिएको भन्दै यस भवन निर्माणका लागि विशेष सहयोग गर्ने राजनैतिक दल, विभिन्न ब्यक्तिहरुलाई धन्यवाद दिएका दिए । हाल निर्माण सम्पन्न भवन हाम्रो हालमा लिई राखौँ भन्ने हिसावले तत्काल कार्यक्रम गरिएको भन्दै आगामी दिनमा यस भवन निर्माण गर्न विशेष भुमिका र योग्दान दिनेहरुलाई आमन्त्रण गरी औपचारीक रुपमा यस स्वास्थ्य केन्द्रको उद्घाट गर्ने उनले बताए ।

तकालका लागि सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरी सेवा सुविधा सुचारु गर्ने विषय सम्बन्धि पक्ष बसि यस बारेमा चाडो भन्दा चाडो टुङ्गो लाउने जोशीले बताए । यदि नगरपालिकाले सहयोग गरेन भने आफुले सप्ताह लगाएर भए पनि पैसा एककठ्ठा गरेर यो स्वास्थ्य केन्द्रलाई कुनै पनि हालतमा सञ्चालन गर्ने उनले भने ।

त्यस्तै गरी कार्यक्रमा स्वास्थ्य केन्द्रको भवन हामीले पाइसकेपछि धेरै दिनसम्म त्यतिकै राखिराख्ने कुरा राम्रो नभएको भन्दै उचित व्यवस्थापन गरी भएका उपकरणहरुबाट नै सेवा विस्तार गर्न सकिने उप प्रमुख ज्ञानमाया डंगोलले आफ्नो बिचार राखेका थिए । स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक पहल भैरहेको समेत जानकारी गराए ।

स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने स्वास्थ्य जनशक्ति जति पनि आपुति गर्न जिल्ला जनस्वस्थ्य विभाग तयार रहेको विभागका प्रमुख सूर्य बहादुर खड्काले बताए । उनले भने- नगरपरालिकाले यस विषयमा माग गरेमा जनस्वास्थ्य विभागले जनशक्ति पठाउन तयार छ । यो भवन निर्माण भैरहन्दा यस स्वास्थ्य केन्द्रबाट राम्रो स्वास्थ्य सेवा पाईने चर्चा नुवाकोका बासिन्दाहरुसम्म चलिरहेको भन्दै पुरा पूवाधार सहित मात्र यस भवनले आफ्नो सेवा विस्तार गर्न सके निकै राम्रो हुने उनले सुझाव दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वास्थ्य केन्द्रका प्रमुख डा.स्नेहबन्धु रेग्मीले हालको स्वास्थ्य केन्द्रको अवस्था र आगामी दिनमा आर्इपर्न सक्ने समस्या, आवश्यक उपकरण तथा जनशक्तिको बारेमा स्वास्थ्य केन्द्रको तर्फाट विचार प्रस्तुत गरेका थिए ।

टोखा नगर १ २ र ३ का जनप्रतिनिधिहरु मिलेर यस स्वास्थ्य केन्द्रलाई साझा अस्पतालको रुपमा विकास सके र्सवसाधारणले राम्रो स्वास्थ्य सुविधा पाउने जनस्वस्थ्य अधिकृत तथा यस स्वास्थ्य भवन निर्माणका लागि विशेष भूमिका निर्वाह गरेका भागिरथ बाँनियाले सुझाव दिएका थिए ।

पाँच रोप्नी ४ आना क्षेत्रफलमा फैलिएको उक्त स्वस्थ्य केन्द्रको भवनले १७९३ वर्गफिट क्षेत्रफलमा निर्माण  भएको छ । ३ तलला भवनमा आवश्यता अनुसारका पूवाधारहरुलाई ध्यानमा राखि भवन निमार्णा गरिएको भवन डिभिजनका खटिवडाले जाबारी गराएका थिए । आर्थिक वर्ष २०७०/०७१ मा स्वास्थ्य सेवा विभागसँग भवन निर्माणका लागि ८ करोड ६१ लाखमा सम्झोता गरिएको थियो । भवन निर्माण विभाग डिभिजनले ठेक्केदार कम्पनी रेविना जम्बुद्धिपसँग ६ करोड २९ लाखमा सम्झोता गरिएको खतिवडाले कार्यक्रममा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी, स्वास्थ्य स्वयम सेविका, वडाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका ब्यक्तिहरु लगायतका उपस्थिति थिए ।

जनजिवनको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस केन्द्रलाई समेसम्म सुबिधा सम्पन्न गर्ने सबैपक्षले गम्भीरताका साथ लिएर अगाडी बन्ने हो भने सनान तिना स्वास्थ्य उपचारका लागि महाँगो शुल्क तिरेर उपचार गराउने बाध्यताको अन्त्य हुने निश्चित छ ।


Post a Comment

Previous Post Next Post