२०७१ भाद्र ७ काठमाडौँ-आज विहान काठमाडौंको टुंडिखेलमा ३५ हजार जनाको सहभागितामा विशाल मानव नेपालको राष्ट्रिय झण्डा तयार पारिएको छ ।
विहान भएको विशेष कार्यक्रममा सबैभन्दा धेरै मानिसको सहभागितामा ठूलो
झण्डाको आकार तयार पारी विश्व रेकर्ड कायम गरिएको आयोजकले दावी गरेको छ ।
बिभिन्न रंगका प्लेकार्ड बोकेर उभिएका मान्छेलाई परबाट हेर्दा विशाल
झण्डाको आकार देखिएको थियो । यसअघि पाकिस्तानले झण्डै २९ हजार मानिस उपस्थित गर्राई झण्डा बनाएर विश्व रेकर्ड बनाएको थियो ।
यो रेकर्ड अब तोडिएको र गिनिज बुकमा नेपाली झण्डाले विश्व रेकर्ड कायम गरेको उल्लेख हुने आयोजक शान्ति र समृद्धिको लागि मानव मूल्य नामक संस्थाले जनाएको छ । राष्ट्रिय झण्डा र राष्ट्रियताको महत्व दर्शाउन तथा ३५ हजार नेपाली सहभागी गराएर नेपालको ठूलो झण्डा बनाई विश्व रेकर्ड कायम राख्ने उदेश्यले टुंडिखेलमा भव्य कार्यक्रम भएको हो ।

उपस्थित सबैले ल्याएको कागजको प्ले कार्ड जोडेर ठूलो झण्डाकाे आकार तयार पारिएको आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित सबैले नेपाली जो जहाँ जसरी भएपनि चन्द्र र्सूय अंकित झण्डामुनि सबै एक हौं भन्ने भावना व्यक्त गरेका थिए ।
फोटो साभार फेसबुकबाट
Post a Comment