दुइ दिवसीय टोखा महोत्सव २०७० हिजो अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ । महोत्सवको ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरेका छन् । महोत्सवको सफलतासँगै टोखाको पर्यटकीय सम्भावना देशको जिम्मेवार निकाय र व्यक्तिहरुमा ध्यानाकर्षा गराउन सफल भएको छ ।
महोत्सवका क्रममा टोखाका सम्पूर्ण जात्रा, चार्डपर्व, संस्कृति, कला, संगीत साधन, पुरातात्विक तथा ऐतिहासिक वस्तुहरु, जीवन संस्कार, उत्पादनका वस्तु तथा अस्त्रहरु आदि प्रदर्शित भएका थिए । विश्वको पहिलो मिर्ठाई चाकुको उद्गमस्थल टोखामा महोत्सवका दौरानमा चाकु उत्पादनको तौर तरिका विशेष आकर्षाको केन्द्र बनेको थियो । महोत्सव अवलोकनकर्ताले चाकुका विभिन्न ९ वटा स्टलहरुबाट रु. ६ लाख बढीको चाकु बिक्रि भएको जनाएको छ । पूर्णता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक प्रदर्शनी रहेको यस महोत्सवमा विभिन्न ११ वटा नेवारी खाजा स्टलमार्फ खाजा बिक्रिबाट मात्र रु. २५ लाख आम्दानी भएको छ ।
महोत्सवमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी महानुभावहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा -एमाले)का महासचिवर् इश्वर पोखरेलले मायाँको चिनो प्रदान गरेका थिए ।
महोत्सवका क्रममा टोखाका सम्पुर्ण घरपरिवारले आ-आफ्नो आँगनमा पानी भरेको गाग्री र कलश सजाएर शुभकामना व्यक्त गरेका थिए ।
Post a Comment