पद्यम चक्र सहकारीको तेस्रो साधारण सभा सम्पन्न

२०७० पुष २ टोखा (न्युज अफ टोखा) - पद्यम चक्र बचत तथा ऋण सहकारी संस्था लि टोखाको हिजो तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस चालु आर्थिक वर्षमा रु ६०,२७,८९४.६० जम्मा रकम मौजदात रहेको छ भने गत आर्थिक वर्षमा रु २५,४०,०४१ जम्मा रकम मौजदात रहेको थियो ।

सहकारीको चालु आर्थिक वर्षमा कर्जा तथा बैक ब्याजबाट जम्मा रु १०८५९६० १६ तथा अन्यबाट जम्मा रु ६१४६४१ आम्दानि भएको छ । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सानु श्रेष्ठले प्रस्तुत गरेको थियो ।

सभामा सहकारीले चालु आर्थिक वर्षमा असल तथा धेरै कारोवार तथा बचत गर्ने सदस्यहरुलाई सम्मान समेत गरेको थियो । असल कर्जा तर्फ बिकास डंगोल नियमित बाल बचत तर्फ रोहन डंगोल नियमित बचत तर्फ हेरालाल नकर्मि र नियमित मुद्धति तर्फ हेरामाया डंगोललाई सम्मान गरेको थियो ।
 
यसै साधारण सभा मार्फत ३ वर्षका लागि नयाँ कार्य समितिको चयन भएको छ । नयाँ कार्य समिति अन्तर्गत नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्षःराजेन्द्र श्रेष्ठ, उपाध्यक्षः बसन्त श्रेष्ठ, सचिवः केशकुमार श्रेष्ठ, कोषाध्यक्षः    सानु श्रेष्ठ,सदस्यः    पंचकुमारी श्रेष्ठ
,सनोज डंगोल , बिजेन्द्र श्रेष्ठ रहेका छन्  भने लेखा समितिमा संयोजकः हेराकाजी डंगोल, सदस्यः बुद्धि हरी श्रेष्ठ ,सबिन डंगोल रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका नव निर्वाचित अध्यक्ष ज्ञान बहादुर तमाङ्ग प्रमुख अतिथि रहेका थिए । सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम चण्डेश्वरी मन्दिर परिसरमा सम्पन्न भएको थियो ।

Post a Comment

Previous Post Next Post