बन्द गराउन सडकमा उत्रनेलाई तुरून्त पक्रन गृहको निर्देशन

काठमाडौं, कात्तिक २४ (सेतोपाटी) print
काठमाडौं, कात्तिक २४ (सेतोपाटी) print

काठमाडौं, कात्तिक २४ गृह मन्त्रालयले देशभरका गृह प्रशासनलाई नेकपामाओवादीले नेतृत्व गरेको ३३ दलिय मोर्चाको सोमबारदेखि सुरू हुने आम हड्ताल निस्तेज पार्न निर्देशन दिएको छ।

गृह मन्त्रालयको निर्देशनमा बन्द गराउन सडकमा उत्रने जो कोहीलाई तुरून्त पक्राउ गर्न भनिएको छ।

सेतोपाटीसँग कुरा गर्दै गृह मन्त्री माधव घिमिरेले भने,' हो बन्द गराउन बल प्रयोग गर्ने जो कोहीलाई तुरुन्तै पक्राउ गरी नियन्त्रणमा राख्न निर्देशन दिएका छौ।'

घिमिरेले भोलिदेखि मोर्चाले गर्ने भनेको बन्द कुनै माग विशेष राखेर गरिएको बन्द नभएर नेपाली नागरिकहरूको मताधिकार खोस्ने अभिप्रायले अगाडि सारिएको कार्यक्रम भएकोले त्यसलाई जसरी पनि असफल पार्ने दृणता दोहोर्‍याए।
' मानव अधिकार र कानुनको उलंघन गर्ने र मत हाल्न पाउने नागरिकको लोकतान्त्रिक हक छिन्ने कार्यमा सरकारले कसैलाई छुट दिने छैन,' उनले भने।

बन्द आब्हान गर्ने अधिकार भने मोर्चालाई भएको तर, जबर्जस्ती बन्द थोपर्ने हक भने उसलाई नभएको जिकिर गर्दै घिमिरेले भने,' हिंसात्मक परिस्थितिमा मोर्चाका कार्यकर्ता पक्राउ परे भनेदेखि उनीहरूलाई साँझ रिहाइ नगर्ने बरु कानुन बमोजिम कारबाही अगाडि बढाउने छौं।'
www.setopati.com

Post a Comment

Previous Post Next Post