पहिलो पट्क खुल्ला हात बजार
२०६९ फागुन १९ गते शनिवार-टोखामा आज पहिलो पटक खुल्ला हात बजार शुरु भएको छ । जैविक तथा प्राणङ्गारिक मल प्रयोग गरेर उत्पादन गरेको ताजा तरकारी तथा कृर्षि जन्य वस्तुहरु आज हात बजारमा बिक्रि गर्न राखेको थियो । कृर्षक समन्वय समिति र टोखा चण्डेश्वरी गाविसले उक्त हात बजार आयोजना गरेको थियो । हाल टोखामा कृर्षि तथा तरकारी खेती तर्फ लाग्ने युवाहरुको संख्या विस्तारै बढी रहेको छ । उत्पादन गरी बजार नपाएर निराश बिनिरहेका किसानहरुलाई यस हात बजारले भने केही मात्रामा भए ता पनि सहयोग गरेको छ । उनीहरुलाई कृर्षि क्षेत्र तर्फ लाग्न पनि यसले थप उर्जा थपेको भन्न सकिन्छ । यो हातबजार प्रत्येक शनिबार टोखाको भिमशेन मन्दिर परिसरमा लाग्नेछ ।
निःशुल्क आँखा शिविर सम्पन्न
नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लि टोखाको आयोजनमा आज निःशुल्क बृहत आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा अस्पतालको सहयोगमा टोखा चण्डेश्वरी उप स्वस्थ्य केन्द्रमा उक्त शिविर गरेको थियो । शिविरमा अन्यको तुलनामा स्थानीय वृद्धावृद्धको उपस्थिति निकै नै बाक्लो रहेको थियो ।