असोज ३०, नेपालीको महान चाड बडादसै आजदेखि
पन्ध्रदिनसम्म अर्थात आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म परम्परानुसार
दुर्गाभवानीको पूजाआराधना गरी हर्षोल्लासका साथ मनाइदैछ ।
बडादसैको पहिलो दिन आज बिहान आआफ्ना घरको
पूजाकोठा तथा दसैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण
घडामा गाईको गोबर टासी जौ र मकै रोपेर घटस्थापना गरिदैछ ।
आज ११:०७ बजे बिहान घटस्थापना, कात्तिक ८
गते बुधवार विजयादशमीका दिन बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९
बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले
जनाएको छ ।
यसैगरी कात्तिक ५ बुधवार फूलपातीका दिन
बिहान ०९:११ बजे तुलजाभवानीको यात्रा तथा ०९:५१ बजे थिराशनका लागि साइत र
कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११:४३ बजे तुलजाभवानीको यात्रा तथा
१२:३९ बजे थिराशनका लागि साइत जुरेको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका
ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेलो जमरा नै प्रयोग गरिने
हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।
यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आआफ्ना घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी
शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि
नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैघरमा प्रत्येक दिन पूजाअर्चनासहित
दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
बडादसैको सातौ दिन मुलुकभर धार्मिक
परम्पराअनुसार फूलपाती भित्रयाइने, महाअष्टमी र महानवमीका दिन दसैघर र
कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौ
दिनसम्म दसैघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका
लगाउने र कोजाग्रत पूणिर्माका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन
गरी साझ महालक्ष्मीको पूजाआराधना गरिने प्रचलन छ ।
यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त
विशेषगरी शक्तिस्वरूपा दुर्गाभवानीको पूजा गरिने भएकाले यो चाड
दुर्गापूजाका नामले पनि प्रचलित छ ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा
काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैघरमा वैदिक विधिपूर्वक जमरा राखी
महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि
पूजा आरम्भ गरिन्छ ।
बडादसैका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूणिर्मासम्मका लागि बिदा दिने चलन छ ।
बडादसैका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूणिर्मासम्मका लागि बिदा दिने चलन छ ।
नेपाल तथा बिश्वभर रहेका समस्त नेपाली दाजु भाई तथा दिदी बहिनीहरु मा बडा दशै २०६९ को हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौं ।
न्युज अफ टोखा परिबार