स्व. गणेशमान सिंहको १५औं स्मृति दिवस आज

श्रावण ५ गते शुक्रवार-जन आन्दोलन २०४६ सालको सर्वोच्च कमाण्डर तथा लोहपुरुष स्व. गणेशमान सिंहको १५औं स्मृति दिवस आज विहान टोखामा विशेष कार्यक्रम गरी मनाईयो । गणेशमान सिंह स्मृति प्रतिस्थानको आयोनजामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता ताथ पुर्व प्रधान मन्त्री माधव कुमार नेपालले गणेश पोखरीमा अवस्थित स्व. गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गर्नुका साथै रुद्राक्षको वृक्षारोपन समेत गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिस्थानका संरक्षक प्रकाशमान सिंह, नरहरी आचार्य ,सिनेकर्मि तुलशी घिमिरे, नेपाली कांग्रेस टोखा चण्डेश्वरी गाउँ कमिटीको तर्फबाट कसि नारायण श्रेष्ठ तथा टोखा सरस्वती गाउँ कमिटीको तर्फबाट सिंहराज  श्रेष्ठले गणेशमान सिंहले गर्नु भएको त्याग र उहाँको व्यक्तित्वको बारेमा आफ्नो मन्तव्यहरु प्रस्तुत गर्नु भएको थियो ।
नेपालको इतिहासमा आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउन सफल भएका सिंहले नेपाल र नेपाली जनताको मुक्तिका लागि गर्नु भएको त्याग र शाहास अतुलनिय छ । टोखा र गणेशमान सिंह वीचको सम्वन्धलाई खोटल्ने हो भने उहाँ भुमिगत कालमा टोखामा रहेर आफ्नो कार्य तथा लक्ष्यलाई साकार पार्नु भएको थियो । यसै कुरालाई मध्य नजर गरी १५‌‍औं स्मृति दिवस टोखामा मनाइएको प्रतिस्थानका संरक्षक प्रकाशमान सिंहले बताउनु भयो । साथै उक्त समयमा गणेशमान सिंहलाई भुमिगत कालमा सहयोग गर्नु हुने टोखा हासल टोल निवासी नारायण श्रेष्ठ र  सिंहको सिद्धान्तलाई पछ्याउने राम खड्गीनगद रु पाँच/पाँच हजार नगद र दोसलामा ओढ्याई सम्मान गरेको थियो ।



Post a Comment

Previous Post Next Post