टोखा सरस्वती गाविसको भुतखेल स्थितको फुटवल ग्राउण्ड अब राष्ट्रिय फुटवल ग्राउण्डको मापडण्ड अनुरुप बन्ने भएको छ । टोखाका खेलप्रेमी युवाहरुको सक्रियतामा नेपाल सरकारको खेलकुड मन्त्रालयको आर्थिक वर्ष २०६८/०६९ को रातो कितावबाट रु चार लाख रुपैया यस फुटवल ग्राउण्डका लागि विनियोजन गराउन सफल भएको हो । त्यस्तै गरी इलाका स्तरवाट रु.सात लाख पचास हजार रुपैया पनि उक्त ग्राउण्ड निर्माणका लागि जुटाउन सफल भएको छ । इलाकाले सात लाख पचास हजार रुपैया दिने पकापकि भै सहेको छ तर रकम विनियोजन गर्न मात्र बाँकी छ भुतखेल फुटवल मैदान निर्माण उपभोक्ता समितिका अध्ययक्ष आशा भाइ महर्जनले जानकारीदिनु भयो।
फुटवल ग्राउण्ड निर्माण कार्य सुरु भैसकेको छ । पहिला रहेको ग्राउण्डको लाम्वाइ चौडाइ लाई डोजरले पेलेर बढाउने काम अहिले भैरहेको छ । ग्राउण्डको पुर्वपट्टि वसेर हेर्न मिल्ने गरी सिडी हुने भएको छ । योजना अनुसारको काम गर्नका लागि प्रयाप्त स्थान नभएकोले सोचेको जस्तो बनाउन नसकिनेमा दुःखेसो पोख्नु हुन्छ भुतखेल फुटवल मैदान निर्माण उपभोक्ता समितिका अध्ययक्ष आशा भाइ महर्जन ।
राष्ट्रिय स्तरको फुटबल ग्राउण्ड निर्माण हुने कुराले टोखाका खेलप्रेमीहरु निकै नै खुशी भएका छन् । फुटवल क्षेत्रबाट विस्तारै टाढा हुदै गएका टोखाका खेलाडिहरु अब विस्तारै यस तर्फ फर्किने निश्चित नै छ । काठमाडौको उत्तरी इकालको एक मात्र ठुलो फुटवल ग्राउण्डको रुपमा चिनिएको यो ग्राउण्ड अझ व्यवस्थी हुने भए पछी सिगो राष्ट्रको फुटवल जगतमा महत्वपुर्ण योगदान पु्र्याउने निस्चित नै छ ।
करिव १३ लाख ५० जहारको लगानीमा निर्माण कार्य भैरहेको राष्ट्रिय स्तरको फुटवल ग्राउण्डको नमुना यस्तो छ ।
प्रकाशित मितिः२०६९ असार १४ गते
Post a Comment