असार १३ काठमाण्डौ-टोखा-कुनै पनि योजना तथा कार्य गर्न स्थानीय निकायमा आफ्नो कार्ययोजना तथा गुरुयोजना मास्टर प्लान प्रदर्शन गरी छलफल गर्नुपर्छ । स्थानीय निकाय अन्तर्गत तल्लो निकाय गाउँ विकास समितिमा आफूले नगर विकासबाट स्वीकृति पाएको पत्रसाथ फलानो मिति देखी कार्यारम्भ गर्ने भन्ने विवरण सहित जानकारी पत्र पठाउनु पर्छ । तर टोखा चण्डेश्वरीको गलुफाटमा लगाइएको डोजरको जानकारी कोही कसैलाई थाहा छैन । न गा.वि.स.लाई सो विषयमा कुनै जानकारी गराईयो न नगर विकासबाट कुनै स्वीकृति नै लिइयो । अविसिन्ना मेडी नेपालको योजना भलै राम्रा पाईटल प्रोजेक्ट होउन तर सुरुवाटका कार्यले यसको स्वभावलाई झल्काएको छ । सायदै सो संस्थाका नेतृत्ववर्ग यस विषयमा बेखवर होउन तर यहाँ मसिहा वा मतियारका रुपमा काम गर्नेहरुको उक्साहतले पनि यस्तो किसिमको कार्य भएका होलान् ।
टोखा हाम्रौ अधिनमा छ । हामीले चाहे मुताविक मोड्न तोड्न सक्छौं भन्ने गुण्डाबृत्ति पुनराबृत्ति नभएका होलान भन्न सकिन्न । तर काम गर्दा गर्दै कुनै गल्ति भयो भने आफूले गरेका गल्तीको महसुस गरी शार्वजनिक रुपमा क्षमायाचना गरी आफूले पुर्जा अनुसार किनेको जग्गाको आधिकारीकता मुताविक काम गर्नुपर्छ ।
सपनतिर्थ जस्तो ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्वसंग जोडिएको खोलालाई ढलमा परिणत गरी भोलीका दिनमा सपनतिर्थकुण्ड स्नान मेलाका लागि ट्यांकरबाट पानी ओसारी मेला आयोजना गर्नुपर्ने स्थितीको परिकल्पना सहज रुपमा गर्न सकिन्छ । बाघद्वार देखी अविछिन्न रुपमा सानो खोल्साहुदै अवतरित हुदै आएको सपनतिर्थ खोलाको प्राचिन वेगलाई रोक्न खोजिएको छ । ऐतिहासिकतालाई मिच्न खोजिएको छ । नेपाल सरकारले खोलाको आफ्नो बास्तविक आकार नक्सामा भए बमोजिमको खोला किनाराबाट ८ देखी ३२ फीट छोडेर मात्र कुनै पनि विकास निर्माण गर्नुपर्ने प्रावधान हुदा हुदै ग्रामीण भेगमा जे गर्दा पनि हुने र गरि छाड्ने षडयन्त्रका तानाबानाका विच संचालित ति योजनालाई रोक्नुपर्छ । आफूले किनेको क्षेत्र र प्रचलित नेपाल सरकारको कानूनी प्रावधान भित्र रही कार्य सम्पादन गर्नृ पर्छ ।
यो घटना अन्यन्त्र गा.वि.समा भएको भए स्थानीयबासीको आक्रोश र आन्दोलनले दमन भइसक्थ्यो होला सायद यहाका जनता हातमा दही जमाएर बसेका छन् । असारको मेलोले पनि फुर्सदको भेउ पाएका छैन सायद तर यति विध्न दमन र अतिक्रमन हुंदा सहेर चुप लाग्ने जात त टोखाली हैनन किनकी इतिहास जीवन्त छ, टोखा देखी असनसम्मको बाटो विस्तारमा देखाएको बहादुरीता र हालै ३२ फीट सडक चौडाका लागि जागृत टोखाको चेहेराले क्रान्तिकारी विगुल फुकेको थियो भने ढिलो चाडो त्यो दिन आउने छ जव सवै टोखाबासीहरु हात हातमा जे जे छ त्यही बोकी सडकमा आउने छन र अविसिन्न मेडी नेपालको दुष्कार्य र सो कार्यसंग सम्बन्धित मतियार दलालहरुलाई टोखाबाटै लखेट्ने काम हुनेछन् ।
अझै पनि काम रोकिएनन् तीव्र रुपमा संचालित छन् । गा.वि.स, स्थानीय प्रशासन, सुरक्षा निकायको आदेशलाई अवज्ञा गर्नु भनेको सुशासनको मलामी जानु हो । यी सव घटनालाई सहेर बस्नु भनेको अराजक, विसंगती, विकृति र दुष्कार्यको प्रोत्साहनका लागि जन्ती जानु हो ।
(टोखा चण्डेश्वरीको आधिकारीक सामाजिक सञ्जाल फेसबुकबाट साभार )
Post a Comment