विधिवत रुपमा सम्पन्न हुदै टोखा बिस्केट जात्रा

आज बैशाख ४ गते टोखाको बिस्केट जात्राको अन्तिम दिन ।आज देखि विधिवत रुपमा बिस्केट जात्रा सम्पन्न हुदै छ । आज के कसरी मनाईन छ त सानो जानकारी यहाँ प्रस्तुत गर्दै छौँ ।
आज जात्रा   विहानै खटहरु उठाई नगर परिक्रमा पश्चात गछेँ टोलमा विसाइन्छ, मसानकाली भने आफ्ना खल पुचःका घरघरमा गई बाली उठाउँने कार्य गर्दछन् ।
दिउँसो २ बजे सम्ममा मसानकाली माईको खट बिसाइ सक्छन् । अन्तिम जात्राको  तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोत गरी स्वागत योग्य कार्य गर्दछन, ४ः३० बजे अन्तिम जात्राको तयारी सरकारी पूजाबाट गरिन्छ र खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुसासित ढङ्गबाट अगाडी बढाउन बसः(विशेष प्रकारको कपडा)ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटा खटहरु पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकका आ–आफ्ना प्रतिनिधि बाजाले लिन आउने गर्दछन् ।  देवता घरमा देवी देवतालाई बिधिवत पूजा आजाका साथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राख्छन् । यहि रात केही बुढापाकाहरु तथा  स्थानियवासीहरु हृदयविदारक गीत गाउने चल्न पनि छ ।

Post a Comment

Previous Post Next Post