ल्यापटपको ब्याट्री तथा बिजुलीको खपत सम्बन्धी समस्या ठीक गर्ने उपाय

ल्यापटप तथा नोटबुक उपयोग गर्नेहरुको वास्तविक समस्या अनी चिन्ता भनेको ब्याट्रीको ब्याकअप पावर कमजोर हुनु नै हो । ल्यापटपको ब्याट्रीको अधिकांश निर्माता कम्पनी द्वारा दिईएको अबधि भन्दा अगाडिनै त्यसमा समस्या आउन थाल्ने कुरा सामान्य जस्तै हो, तर वास्तवमा ति निर्माताहरु यो बिफलताको लागि जिम्मेदार छैनन किनभने एउटै कम्पनीको ब्याट्री कुनै ल्यापटपमा राम्रै सँग चलीराखेका हुन्छन । यहाँ निर बुझ्नु पर्ने कुरा के हो भने ब्याट्रीको BackUp Power कमजोर हुनुमा ल्यापटपको Setting ( timeout and sleep settings, display settings, and screensavers) आदिमा नै भर पर्ने कुरा हो ।
अब यहाँ कुरा आयो ब्याट्रीको लाईफ बढाउन कसरी setting मिलाउने भन्ने कुरा, किनकी धेरैलाई आफ्नो ल्यापटपका यि setting हरु कसरी कुन option मा राख्दा ठीक हुन्छ थाहा हुँदैन । यही भ्रमलाई ठीक गर्न Microsoft ले Windows प्रयोगकर्ताहरुको लागि "Fix it" प्रोग्राम provide गरेको छ जुन तपाईंले Microsoft Support website बाट Download गर्न सक्नु हुन्छ । यो Tool चलाएर तपाईंले आफ्नो ल्यापटपको ब्याट्री BackUp लाईफलाई बढाउन सक्नु हुनेछ । यो Tool ले Windows 7 अपरेटिङग सिस्टम मा धेरै राम्रो काम गर्ने भए पनि अरु सिस्टम Vista, Xp मा पनि काम गर्छ ।


जुन ल्यापटपको setting मिलाउनु पर्ने हो त्यही ल्यापटपमा यो साईट खोल्नुहोस्
MicrosoftFixit.power.Run.exe here
र त्यहा Run now बक्समा क्लिक गर्नुहोस् ।

"Fix it" Tool ले fix गर्ने कामहरु
*Period of time before the computer goes to sleep is set too long
*Screen saver is used instead of setting the computer to enter sleep mode
*Display brightness is set too high
*Power plan is not set to the most efficient power plan
*Wireless adaptor in not optimized for power saving
*Minimum processor state is set too high

Sours kyamazza.blogspot.com

Post a Comment

Previous Post Next Post