"दुई आत्माको मिलन प्रेम हो, प्रेममा आत्माले आत्मालाई नै देख्नुपर्छ। आत्माको आवाज सुन्नुपर्छ, मनन पनि गर्नुपर्छ। तबमात्र हाम्रो आत्माले प्रेमको मिठो अनुभूति प्राप्त गर्नेछ।"
स्विच अन
युवतीहरूलाई युवकहरूको केही विशेष कुराले धेरै प्रभाव पार्छ। जस्तै पुरुष पक्ष राम्रो श्रोता हुनु अर्थात् जसले आफ्नी गर्लफ्रेन्डलाई प्राथमिकता दिँदै उनको कुरा धैर्यतापूर्वक सुनोस्। उसले समय-समयमा सरी र थ्यांक्यू शब्दको प्रयोग गर्न जानेको होस्। उसमा ड्रेसिङ सेन्स होस्। उसको मोजा सफा हुन्, पोलिस गरिएका जुत्ता वा धोइएको स्पोर्टस सु होस्। नजिक आउँदा उसको मुखबाट सासको दुर्गन्ध नआओस् र मुस्कुराउँदा सेता दन्त लहर देखिउन्। काटिएको नङ र मोइस्चराइजर लगाइएको सफा हात होस्। नाकको वरपरि ह्वाइट वा ब्ल्याक हेड्स जम्मा भएकी नहोस्। पिम्पल भए पनि मुहार सफा होस्। र्फमल ड्रेसका साथ वेलकट हेयर स्टाइल होस् र प्रपर सेव होस्। क्याजुयल ड्रेसका साथमा टि्रम्डी दाह्री राखोस्। उसले प्रयोग गर्ने परफ्युमबाट मन फ्रेस होस्। उसले आफ्नी गर्लफ्रेन्डको रुचि-अरुचिका सम्बन्धमा ख्याल राखोस्। उसको वर्थडे याद राखोस् र उपहार दिने मामिलामा विशेष च्वाइस। ऊ शालीनताका साथ प्रस्तुत होस्। हिँडदा गर्लफ्रेन्डसँगै हिँडोस् नकि अगाडि वा पछाडि। रेष्टुराँको बिल उसले पेमेन्ट गरोस्। हाछ्युँ गर्दा हल्का आवाजमा सरी वा एक्सक्युजमी भनोस्। कहिलेकाहीँ चुम्नका लागि भनोस्, स्वयंलाई नजिक महसुस गराओस् र प्रेमपूर्वक आफ्नो अँगालोमा कैद गरोस्।
स्वीच अफ
केही त्यस्ता कुरा छन् जसमा पुरुष पक्षको ध्यान जाँदैन। यद्यपि यी कुरालाई महिलाहरूले रुचाउँदैनन्। यी कुरालाई ध्यान दिँदै युवतीहरूलाई मन नपर्ने कुरा गर्नु हुँदैन। आवश्यकताभन्दा बढी बोल्नु वा बोल्दाबोल्दै थुक्नु, युवतीहरूलाई मन नपर्ने कुरा हो। बस्दा खुट्टा हल्लाउनु, कम्मर मर्काएर हिँड्नु वा कम्मर लच्काएर उभिनु, आवश्यकताभन्दा लामो पाइला हिँड्नु पनि युवतीहरूलाई मन नपर्ने कुरा हो। सुरुप-सुरुप गरी चिया पिउने, मुखबाट आवाज निकाली खाना खाने, सबैका सामु ठूलो आवाजमा डकार्ने, चम्चा र काँटा प्रयोग गरी खान नआउने, रोटीलाई दुवै हातले समातेर खाने थ्यांक्यू र सरी त टाढाको कुरा अभिवादनको समेत आवश्यकता नमान्ने। लो वेस्ट जिन्स लगाउने र बारम्बार आफ्नो तल झरेको जिन्स ठीक गर्दै हिँड्ने युवकलाई युवतीहरूले मन पराउँदैनन्। अलाउद्दीन टाइपका जुत्ता, गन्हाउने मोजा, दुर्गन्ध आउने खुट्टा युवतीहरूलाई अत्यन्त मन पर्दैनन्। मैलो कोलर र ढंगहीन कपडा देखेर पनि युवतीहरूको मुड अफ हुन्छ। सासको दुर्गन्ध र फोहोर जिब्रो देखेर गर्लफ्रेन्डहरू चुम्बन गर्ने कल्पना पनि गर्न सक्दैनन्। सिगरेटका कारण पहेँलो भएको नङ र फुस्रो हात। र्फमल ड्रेसमा लामो, अनम्यानेज्ड केश र शेव नगर्ने बानी त्यसै पनि फोहोरी हुन्छ। फ्लोरल परफ्युम र इत्र पनि कतिपय युवतीलाई मन पर्दैन। मौन ब्रत राख्ने, विशेष मिति बिर्सने, उपहार नदिने, चुम्बन गर्न हतारिने र जबर्जस्ती अँगालोमा लिने व्यक्ति पनि युवतीहरूलाई मन पर्दैनन्।
प्रेममा सफल हुने उपाय
दुई आत्माको मिलन प्रेम हो, प्रेममा आत्माले आत्मालाई नै देख्नुपर्छ। आत्माको आवाज सुन्नुपर्छ, मनन पनि गर्नुपर्छ। तबमात्र हाम्रो आत्माले प्रेमको मिठो अनुभूति प्राप्त गर्नेछ।’(विश्व सन्देश -भाग ३)
वर्तमान विश्वमा अर्बौं प्रेमजोडी एक-आपसमा प्रेम गरिरहेका छन्। कोही प्रेममा सफल भएर रमाइरहेका छन् भने कोही असफल भएर तड्पिरहेका छन्।
मन परेकोसँग प्रेम गर्नेः प्रेम जोसुकै सँग गर्ने विषय होइन र एक्लै गरिने विषय पनि होइन। प्रेम गर्दा आफूलाई मनपर्ने केटा वा केटीसँग गर्नुपर्छ। मन नपराई जबर्जस्ती गरिएको प्रेम टिकाउ हुँदैन। प्रेममा दुवै आत्मा रमाउन सक्नुपर्छ।
आपसी समझदारीको आवश्यकताः प्रेम गर्ने युगल जोडीबीच आपसी समझदारी नितान्त आवश्यक छ। प्रेम जथाभावी गर्ने विषय पनि होइन। आफ्ना साथीभाइका दिदीबहिनी, दाजुभाइसँग प्रेम गर्नुलाई राम्रो मानिँदैन। यदि यस्तो प्रेम भयो भने दीर्घकालीन हुन सक्दैन र प्रेममा समझदारी कायम गर्न सकिँदैन।
मन मिल्नेसँग प्रेम गर्नेः प्रेमीप्रेमिकाले प्रेम गर्नुपरे आफ्नो मन मिल्ने मान्छे खोजी प्रेम गर्नुपर्छ। मन मिलेर गरिने प्रेम कहिल्यै असफल हुन सक्दैन। यसरी मनलाई एक-आपसमा बाँड्न सकिने प्रेमनै टिकाउ र बलियो हुन्छ।
बोलीको मिठासः प्रेम गर्ने युवायुवतीमा बोलीको मिठासले अत्यन्तै महत्त्व राख्छ। प्रेमीप्रेमिकाले एक-आपसमा मीठो बोली बोल्नुपर्छ। प्रेम गर्दा बोलिने भाषा शिष्ट भएन भने प्रेम असफल हुन सक्छ। प्रेम गर्दा प्रयोग गरिने भाषा सामान्य बोलिने भाषाभन्दा फरक किसिमको नरम एवं मिठासपूर्ण हुन्छ। आफ्ना प्रेमिप्रेमिकाको प्रशंसा गर्न पनि पछि पर्नु हुँदैन।
भावना बुझ्नुपर्छः प्रेमीप्रेमिकाले एक-अर्काको भावना बुझेर प्रेम गर्नुपर्छ। एक-अर्काको भावनामा ठेस पुर्याउने कुनै कार्य गर्नुहुँदैन। यदि आफूले कुनै नकारात्मक कुरा गरे तत्काल माफ माग्ने काम गर्दा प्रेमीप्रेमिकाको भावना मिल्न पुग्छ। एक-अर्काको भावना बुझेर गरिने प्रेम टिकाउ र बलियो हुन्छ।
कसरी र कहाँ भेट्नेः प्रेमी र प्रेमिकाहरूले भेट गर्ने क्रममा असहज र असजिलो हुने स्थान चयन गर्नुहुँदैन। सकेसम्म रमणीय स्थान छनौट गर्नुपर्छ। ठूलाठूला पार्क, बगैंचाहरूमा भेटघाट हुने कार्यक्रम बनाउँदा अवश्य पनि रमाइलो लाग्छ। यस्तै प्रेमीप्रेमिकाहरू चिडियाखाना र त्यस्तै पर्यटकीय क्षेत्रमा घुम्दा पनि उनीहरूलाई थप आनन्द आउन सक्छ।
प्रेममा उमेरको महत्त्वः आजभोलि प्रेमलाई फेसनका रूपमा पनि लिइएको पाइन्छ। आज कलिलो उमेरका बालबालिकाहरू पनि प्रेम गर्न तम्सिएका पाइन्छन्। त्यो उचित होइन। प्रेम गर्दा विद्यालय जीवन पार गरेको हुनु अत्यन्त आवश्यक छ जुन कुरा पनि उमेर र समयमा गरेको राम्रो हुन्छ। प्रेम गर्न उमेर १७ वर्ष कटेपछि मात्र उपयुक्त हुने कुरालाई प्रेमीप्रेमिकाले बुझ्नुपर्छ।
प्रेमलाई टिकाउ बनाऊँः
प्रेम गर्दा कपडा फेरेजस्तो प्रेमीप्रेमिका फेर्नुहुँदैन। एकैपटक धेरैजनासँग प्रेम गर्नु पनि हुँदैन। प्रेम गर्ने एक जनासँग मात्र हो। तसर्थ प्रेमी वा प्रेमिका रोज्दा धेरै विचार पुर्याउनुपर्छ। प्रेम सफल बनाउन मद्दत पुग्ने गरी जोडी खोज्नुपर्छ।

प्रकाशित मिति 2068-11-1
Post a Comment