Sunita Dangol |
'मिस नेवाः को उपाधि जित्न ४ वटा कुरा नभै हुँदैन, मिस नेवाः २०११ की प्रतियोगिता नम्बर १ सुनिता डंगोल भन्छिन्— ' आत्मविश्वास, प्रतिभा, सुन्दरतासहितको सांस्कृतिक चेतना तथा नेतृत्व गर्न सक्ने सिर्जनात्मक मस्तिष्क।' हेटौंडाकी सुनिताले यो प्रतियो गितामा आफ्नो सहभागितालाई स्पष्ट पार्दै भनिन्— 'नेवार समुदायका युवतीहरूमा क्षमता, शक्ति तथा सुन्दरता हुँदाहुँदै पनि उनीहरू लाज, पारिवारिक र सामाजिक स्वतन्त्रताको अभाव तथा आफ्नो कला प्रदर्शन गर्ने माध्यमको अभावमा अघि आउन सकिरहेका थिएनन्। मिस नेवाः एउटा राम्रो माध्यम भएकाले म यसमा सहभागिता जनाइरहेकी छु।
सुनिताझैं १७ वर्षदेखि २२ वर्ष उमेर समूहका ३६ जना युवती सातौं मिस नेवाः को अन्तिम तयारीमा जुटेका छन्। करिब एक महिनाअघि अडिसनमार्फत छनौट भएका ती युवती हरेक दिन तीन घण्टासम्म विभिन्न विधाको प्रशिक्षणमा व्यस्त छन्। नेवार भाषा, नेवारी संस्कृति, खानपिनसहित क्याटवाक, आई कन्ट्याक्ट, व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि हुने प्रशिक्षणमा सहभागी भैरहेकाहरू आगामी पुस १६ गते काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न हुने निणर्ायक प्रतिस्पर्धामा सहभागी हुनेछन्।
नेप्लिज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सहभागिता जनाउने सुन्दरीहरू विभिन्न गतिविधिमा समेत सहभागि भैरहेका छन्। अडिसनलगत्तै प्रशिक्षणमा व्यस्त भएका उनीहरूले अघिल्लो साता साँखुमा सम्पन्न वनभोज कार्यक्रममा आफैंले नेवारी परिकार बनाएर आफ्नो पाक कला प्रदर्शन गरे। ट्राफिक जनचेतना जगाउने उद्देश्यले सबै सुन्दरी ट्राफिक प्रहरीसँगै सडकमा उत्रिए। क्यान्सर तथा एड ्ससम्बन्धी जनचेतना जगाउने अभियानमा सहभागी भए। आईईसी फेसन कलेजले दिएको फेसन तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी भए। दोलखासम्म पुगेर एउटा विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क पुस्तक, कापी तथा कलम वितरण गरे। भोलि शनिबार उनीहरू आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गर्न मिस ट्यालेन्ट उपाधिका लागि भिड्दैछन्। आयोजक संस्था नेप्लिज फेसन होमकी निर्देश्ाक हेमा मानन्धरका अनुसार नेवार समुदायका युवतीहरूलाई सामाजिक कार्यका साथै उनीहरूको संस्कृति तथा भाषाको पहिचान दिलाउने उद्देश्यले ' मिस नेवाः' प्रतियोगिता आयोजना गरिएको हो।
Roja Maharjan |
निणर्ायक चरणलाई चार भागमा विभाजन गरिएको इभेन्ट म्यानेजर फुर्वा तेन्जिङ शेर्पा बताउँछन्। शेर्पाका अनुसार परम्परागत नेवारी पहिरनलाई मोडिफाइ गरिएको पहिरन लगाएर परिचयात्मक चरणमार्फत र्याम्पमा उत्रने सुन्दरीहरूले पहिलो चरणमै निणर्ायकले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्। त्यसपछि उनीहरूले बेस्ट डे्रसका लागि आफ्नो रोजाइका नेवारी पहिरन प्रदर्शन गर्नेछन्। त्यसपछि उत्कृष्ट १८ को छनौट हुनेछ। निणर्ायकले सोध्ने प्रश्नका जवाफको आधारमा निणर्ायक चरणका लागि ७ जनाको छनौट हुनेछ। उनीहरूमध्ये एक जना मिस नेवाः २०११ हुनेछिन्। यसवर्षदेखि मिस नेवाःको उपाधि जित्ने सुन्दरीले अर्बुद रोग निवारण संस्था, काठमाडौं शाखाको सद्भावना दूत बन्ने अवसर समेत प्राप्त गर्नेछिन्।
यसपटकको प्रतियोगितामा काठमाडौं, ललितपुर तथा भक्तपुरका अतिरिक्त दोलखा, पोखरा, चितवन, विराटनगर, वीरगन्ज, हेटौंडा आदि सहरका युवतीहरूले भाग लिएका छन्, जसबाट ६-६ जना प्रतियोगीको ६ वटा समूह बनाइएको छ। प्रशिक्षणका क्रममा पनि समूहगत रूपमा विभिन्न प्रोजेक्ट वर्कमा उनीहरूलाई सहभागी गराइएको छ। निणर्ायक कार्यक्रममा गायकद्वय प्रवेशमान शाक्य तथा निर्णय श्रेष्ठले आफ्ना लोकपि्रय गीत-संगीतमार्फत मनोरञ्जन प्रदान गर्नेछन्। रोजिन शाक्यले कोरियोग्राफी गरिरहेको यो प्रतियोगितामा रोहिया महर्जन तथा विवेक श्रेष्ठ डान्स कोरियोग्राफरका रुपमा सक्रिय छन्।
प्रतियोगीहरू
सुनिता डंगोल, याश्ना राजकणिर्कार, अन्नु महर्जन, सुजिता महर्जन, रीना नकर्मी, अञ्जना श्रेष्ठ, सोमी अवाले, सब्बु महर्जन, सलोनी बज्राचार्य, कृष्मा शाक्य, रुबी महर्जन, रोजा महर्जन, रञ्जना नापित, पिंकी अवाले, करुणा महर्जन, लसता लाखे, एनी श्रेष्ठ, मारिया श्रेष्ठ, सृष्टि शाक्य, सामना श्रेष्ठ, प्रजीना श्रेष्ठ, रिज्जु महर्जन, सेबिका महर्जन, प्रमिला मानन्धर, ग्रीष्मा बज्राचार्य, रोशनी महर्जन, रोजिना शाक्य, शकुन्तला घे मोसु, अलिसा प्रजापति, रजिता महर्जत, उरुषा श्रेष्ठ, पूजा श्रेष्ठ, स्वणिर्मा चित्रकार तथा सोनम शाही।
click here for votingsource:ekantipur.com
vote for Constantine no.12
ReplyDeletePost a Comment