२०६८ पौष ७ गते विहिवार- लोडसेडिङ्गबाट आक्रान्त नेपाली जनताले फेरी विद्युत महशुलको अर्को मार सहनु पर्ने भएको छ । सरकारले माघ महिना देखी लागु हुने गरी २० प्रतिशत विद्युत महशुल बढाउने तयारी गरिरहेको छ । प्रधानमन्त्रि कार्यालय सिंहदरवारमा हिजो विद्युत महशुल निर्धारण आयोगका पदाधिकारी सहित विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशसँग उर्जासकट समाधानबारे छलफल गर्दौ प्रधानमन्त्रिले प्राधिकरणलाई जोगाउन भन्दै मूल्य बढाउन सहमति दिनु भएको थियो ।
दैनिक १० घण्टा लोडसेडिङ्गबाट आक्रान्त बनेका नेपाली जनतामा यो मूल्य बृद्धिले अर्को आक्रान्त थपिएको छ। प्राविधिकरणले बैकल्पिक उपाय नखोजि यसरी२० प्रतिशत महशुलमा बढाएकोमा असन्तुष्ति जनाइका छन् । उनीहरुले महशुल बढाए अनुसार प्राविधिकरणले सेवा सुविधामा पनि गुणष्टरीय बनाउनु पर्ने र लोडसेडिङ् हताई काम गरी खान पाउने वातावरणको सृजना गर्न पनि विद्युत प्राविधिकरण सँग माग गरेक छन् ।
Post a Comment