आज महानवमी पर्व

काठमाडौ, आश्विन १८ - बडादसैँको नवौँ दिन आज शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मनाइँदैछ ।घटस्थापनाका दिन आआफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ ।

यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती, पुटित पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।

अधिकांश ठाउँमा महाष्टमीको दिन दसैँघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ ।
 
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।
 

Post a Comment

Previous Post Next Post