आज घटस्थापना


काठमाडौं , आश्विन ११ - दुर्गा भवानीको प्रतीकका रूपमा बुधबार घर-घरमा घटस्थापना गरी हिन्दुहरूको महान् चाड बडादसैं शुभराम्भ हुँदैछ । पञ्चाङ्ग निर्णयक समितिले घटस्थापना गर्ने शुभसाइत बिहान १०:२७ बजे भएको निक्र्योल गरेको छ ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा नजिकको तीर्थबाट माटो/बालुवा ल्याई वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, बर, दुमरी पाख्रीको पात र आँपको पात) राखी जौ छरेर घटस्थापना गरिन्छ ।

Post a Comment

Previous Post Next Post