महिला हस्तकला प्रतियोगिता सम्पन्न


टोखाको जीवित देवी कूमारी द्धारा पानसमा दिप प्रज्वोलित गर्दै
२०६८ जेष्ठ २८ गते शनिवार,टोखा काठमाण्डौ–‘स्थानिय हस्तकलाको संरक्षण – प्रबद्र्धन र महिला विकासका लागि’ भन्ने नाराका साथ आज टोखामा प्रथम महिला पराल तथा छ्वाली हस्तकला प्रतियोगिता २०६८ सम्पन भएको छ । उत्प्रेरीका महिला समूह, टोखाले यो कार्यक्रमको आयोजना गरेको थियो ।
           
        प्रतियोगितामा स्थानीय पराल तथा छ्वालीको प्रयोग गरी आफ्ना परम्परागत तथा मौलिक कलाबाट दैनिक उपयोगी वस्तुहरु बनाउन लगाएको थियो । टोखाका जीवित

देवीहरु गणेश र कुमारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा टोखाका ४० जना प्रतियोगी महिलाहरुको सहभागिता रहेको थियो । यस्तो कार्यक्रमले आधुनिकताको नाममा परम्परागत तथा मौलिक कलालाई बेवास्ता गरिरहेको आजको पुस्तालाई आफ्नो पुर्खाको कला र संस्कृतिको बारेमा जानकारी गराउँदै त्यसको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउन कार्यक्रमको आयोजना गरेको समूहका अध्यक्ष धर्मदेवी श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा मुति डंगोल, मुतिमाया श्रेष्ठ र अष्टमाया श्रेष्ठ क्रमश प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । केही झलकहरुः

प्रतियोगितामा सहभागीहरु सुकुल बुन्दै


प्रर्दशनिमा राखिएको बस्तुको अवलोकन गर्दै
जीवित देवी गणेश र कुमारीले सहभगीहरुलई खादा र प्रमाणपत्र प्रदान गर्दै

प्रथम मुति डंगोललाई पुरस्कार प्रदान गर्दै सानु डंगोल

उत्कृष्ट महिलाहरु

सामुहिक फोटो खिच्दै

प्रतियोगितामा उत्कृष्ट भएका सामाग्रीहरु 




परालबाट बनेको चप्ल

ढकी बुंदै











Post a Comment

Previous Post Next Post