टोखा २०६७ चैत्र १९ गते शनिवार -आज बिहान यंसि थहराई पास चःह्रेको स्वागत गरी यो । टोखामा यो यंसि(लिंगो) थहराए पछि पुरानो बिस्का जात्रको शुभारम्भ भएको मानिन्छ । यंसि लाई बन महादेवको प्रतिकका रुपमा लिईन्छ । यस दिन साँझ संकटा माई( अजिमं द्योः) र सपनाविनायकको मुर्तीलाई सानो खतमा राखेर गाउँ परिक्रमा राईन्छ । यसलाई लख द्योः जात्रा भनिन्छ । यसो किन गरियो त भन्ने प्रश्नमा एक भुक्तभोगि व्यक्तिका अनुसार यंसि भनेको शिव संकटा माईको पति र सपनाविनायको पिता हुन । लख द्योःजात्रा भनेको संकटामाई र सपनाविनायकले पति र पिता शिवको खोजि गरेको प्रतिकका रुपमा यस जात्रा गरिन्छ । शिव भागेको र अन्त्यमा आफनो चिनोको प्रतिक यंसि(लिंगो) स्थापना गरी वनबास गएको कथन सुनिन पाईन्छ । यो यंसि तप लाछिमा रहेको यंसि गाले(लिंगो खाल्डोमा) थहराईन्छ ।
|
यंसि थहराउँदै गरेको दृष्य |
|
थहराई सकेको यंसि । यो यंसि ९ तल्लाको छ । |