ने.स.११३१ माघ २ गते
पेट्रोलमा पानी मिसाएर बेचेको भन्दै हिजो( शनिवार ) टोखाका बासिन्दाले शेर्पा पेट्रोल पम्फ घेराउ गरेको छ । । टोखा सरस्वती गाविस अन्तर्गत खुपाचामा रहेको उक्त पम्फले केही महिना अघि देखि पेट्रोल बिक्री वितरण गर्दै आईरहेको थियो ।
पेट्रोलमा पानी मिसाउनाले बाइक चलाउदै गर्दा बीच बीचमा अचानक स्टार बन्द हुने गरेको उक्त पम्फमा पेट्रोल हालेका अनिल श्रेष्ठले जानकारी दिनु भायो । २ ,३ जनाको बाइकको इन्जिन बिग्रेको समेत कुरा बहिर आएको छ । पानी मिसावत भएको पेट्रोल हालेकोले बाइकको इन्जिनमा समस्या आएको बाइक मालिकहरुले आरोप लगाएका छन ।
शुक्रवार बेलुकि देखि शनिवार बिहान सम्म उक्त पम्फमा पेट्रोल हालेका मानिसहरुले पम्फलाई हेराबन्दी गरी क्षेतिपुर्तीको माग गरेको थियो । लामो समयको विवाद पछि पप्फका मालिकले जुनजुन बाइकमा पानी मिसिएको पेट्रोल परेको थियो , त्यो बाइकको इन्जिन बिग्रेमा बनाई दिने र ५० वटा बाइकमा भने १००० रुपैया बराबरको पेट्रोल हालि दिने सर्तमा घटना साम्य भएको थियो । ५० वटा बाइकमा पानी मिसिएको पेट्रोल परेको भन्दै उजुरी गरेको आधारमा बाइकको नम्बर टिपेर रु.१,००० रुपैया बराबरको पेट्रोल राखि दिन लागेको हो । छ महिना भित्र बाइकको इन्जिन बिग्रेमा बनाइ दिनका लागि तत्काल पम्फका मालिकले रु.५,००,००० रुपैया वैंकमा खाता खोलि दिएको छ ।
यस्ता कालो बजारी गर्नेहरुलाई किन सजाए दिन सकेन खुले आम यस्तो सोझा जनतालाई ठगि गर्ने यस्ता व्यापारीलाई कानुनी कार्वाही नहुनु आश्चरको बिषय बनेको छ । के नेपालको कानूनमा यस्ता कालो बजारी गर्नेलाई सजाय दिने कुनै कानुन बनेको छैन ? यदि छ भने किन गुणस्तरहिन बस्तुको कारोबार गर्नेलाई कारवाहि गरेन ? किन त्यस्ता व्यवासहरुलाई बन्द गर्न सकि रहेका छैनन् ? यस बारेमा अहिले नै नसोच्ने हो भने पछि पनि यस्तो घट्ना नदोहोरिएला भन्न सकिन्न ।
Post a Comment