ने.स.११३१ कछला दुतिय
कार्तिक २२ गते
टोखा,काठमाडौं
नेपाल संबत न्हुँद (नयाँ बर्ष)लाई स्वागत गर्दै बिविध सास्कृतिक कार्यक्रम गरी देश भरी नेपाल संवत ११३१ नयाँ वर्षलाई भव्यरुपमा स्वागत गरियो । टोखा नेवाःगुथि टोखाको आयोजनामा आज टोखामा धुम्धाम संग सास्कृतिक र्यालि गरी मनाइयो । बिहान ८ः३० बजे टोखाको गणेशस्थानबाट सुरु भएर गाउँ परिक्रमा गरी पुन गणेशस्थानमा आएर सो र्यालिको समापन भएको थियो । र्यालि पछि र्यालिमा उपस्थित भएकाहरु लाई सगुन दिएर नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको थियो । उक्त कार्यक्रममा स्थानिय संघसंस्था तथा स्थानिय वासिन्दाहरुको उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।
टोखामा बिगत २७ वर्ष देखि नेवाःगुथि टोखाले भव्य र साँस्कृतिकरुपमा न्हुँद मनाउदै आइ रहेको छ ।
Post a Comment