टोखा कृषि सहकारीले गरे ८१ लाख अनुदानको सार्वजनिक सुनुवाई

टोखा कृषि सहकारी संस्थाका अध्यक्ष माइला श्रेष्ठ प्रतिवेदन पेश गर्दै

काठमाडौँ, मंसिर १७ गते –प्राङ्गारिक तरकारी खेति उत्पादन र बजार विकास उपआयोजनाको पहिलो चरणको सार्वजनिक सुनुवाई टोखा कृषि सहकारी संस्थाको आयोजनामा हिजो एक कार्यक्रम बीच सम्पन्न भएको छ । 

टोखा कृषि सहकारी संस्थाको रु. ४१,८०,२५५ र प्यक्ट (PACT) बाट रु. ३९,३२,७५५ अनुदानमा एकाशी लाख बराबरको रकम टोखामा प्राङ्गारिक तरकारी खेति उत्पादन तथा बजार विकासको क्षेत्रमा लगानि गर्न लागेको छ । उक्त सहयोग रकम तथा संस्थाले गर्न लागेको योजना सार्वजनिक गर्नुका साथै सर्व साधारणहरुबाट सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरेको अध्यक्ष माइला श्रेष्ठले कार्यक्रममा बताए । टोखामा तरकारी खेति गर्दै आएका र त्यसलाई व्यवसायीक रुपमा लान चाहाने कृर्षकहरु लाई विशेष प्राथमिकतामा राखि तिनीहरुलाई सहयोग गर्नुका साथै रासायनिक मललाई विस्थापित गरि प्राङ्गारीक मलको प्रयोग गरि तरकारी उत्पादनमा जोड दिने समेत श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा टोखा सरस्वती/चण्डेश्वरी गाविसका राजनीतिक प्रतिनिधि तथा उपस्थित सर्वसाधारणले उक्त अनुदान रकम संस्थाका शेयर सदस्यहरुलाई मात्र नदिई सिङ्गो टोखाका कृर्षकको हितमा लगानि गर्न सुझाव दिए । केवल नाममा मात्र सिमित नभै कामको कृषि सहकारी हुन समेत आग्रह गरे । 

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय काठमाडौँ बालि विशेषज्ञ कमल पोखरेल प्रमुख अतिथि  थिए । भने कृषिसँग सम्वन्धि विशेषज्ञ तथा उपभोक्ता समितिका विशेषज्ञहरुको उपस्थित समेत रहेको उक्त कार्यक्रममा उनिहरुले संस्थालाई सुझाव दिनुका साथै टोखालाई रासायनिक विषादी मुक्त क्षेत्र घोषणा गर्न तर्फ लाग्न समेत अनुरोध गरेका थिए । 
उक्त कार्यक्रम उप आयोजनाका व्यवस्थापक तथा सहकारी सचिव बेखा नारायण डंगोलले संचाल्न गरेका थिए भने कार्यक्रम विहान न्हु जः पुस्तकालयको सभा कक्षमा सम्पन्न भएको थियो ।



Post a Comment

Previous Post Next Post