अत्यन्त उपयोगी जानकारी : के हुदा के गर्ने ?

डा. सुबोध पोखरेल
१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊवा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक- दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ

७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।
९.वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने नडढाउइ दुधमा खीर पकाएर एक महिना जति दिनहुँ खाए विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।

Post a Comment

Previous Post Next Post