मलेसियन सरकारले गैरकानुनी विदेशी कामदारलाई पक्राउ गर्ने

 ' सोमबार रातिदेखि पक्राउ सुरु, हजारौं नेपाली प्रभावित हुने '
मलेसिया, माघ ४ – मलेसियन सरकारले गैह्रकानुनी विदेशी कामदारलाई पक्राउ गर्ने तयारी गरेको छ । उसले देशभर रहेका विदेशी गैह्रकानुनी कामदारलाई यहि जनवरी २१ तारिखदेखि पक्राउ गर्न लागेको हो ।
विदेशी कामदारलाई सरकारले पक्राउ गर्ने भएपछि नेपाली दुतावासले शनिबार एक सूचना जारी गरी सबै अवैधानिक नेपाली कामदारलाई घर फर्कन अपिल गरेको छ । दुतावसले सुविधाको कामदारको लागि भोलि आइतबार पनि दुतावास खुला गरिने जनाएको छ ।
नेपाली दुतावासले अवैधानिक कामदारलाई स्वदेश फिर्ताको प्रक्रिया शुरु गर्न, यात्रा अनुमति पत्र लिन दुतावासमा सम्पर्क गर्न आग्रह पनि गरेको छ ।
तर, अबैधानिक भएपनि स्वदेश फर्कने प्रक्रियामा लागेकालाई मलेसिया सरकारले पक्राउ नगर्ने जनाइएको छ । यात्रा अनुमतिपत्र लिइसकेका तथा हवाइ टिकट खरिद गरिसकेकाहरुसँग कारबाही स्वरुप केही जरिवाना मात्र लिने दुतावासले जनाएको छ ।
यसअघि मलेशिया सरकारले अबैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन वा बैध भएर बस्न पटपटक आग्रह गर्दै आएको थियो । मलेसियामा कार्यरत करिब ५ लाख नेपाली कामदारमध्ये ३० हजारजति अझैपनि गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान छ ।गैरकानुनी कामदारमध्ये सबैभन्दा धेरै इण्डोनेसिली र बंगलादेशी रहेका छन् । यस्तै म्यानमार, कम्बोडिया, फिलीपिन्स, भियतनाम, थाइलैण्ड, चीन, र भारत लगायत देशका हजारौं कामदार पनि गैरकानुनी हैसियतमा रहेका छन् ।
यता गैरकानुनी कामदारलाई पक्रा गरिने भएपछि अवैधानिक कामदारहरु त्रसित बनेका छन् । सोमबार मध्यारातदेखि शुरु गर्न लागिएको उक्त धरपकडसंगै सबैजसो क्षेत्रमा कार्यरत गैरकानुनी विदेशी कामदार कार्बाहीको निशानामा पर्नेछन् । धरपकड थाल्ने खबर थाहा पाएपछि उनीहरु जानेबुझेका साथीभाई र दुतावासको सम्पर्कमा पुग्न थालेका छन् । यस्तै नेपाली कामदार पनि दुतावासमा धाउन थालेका छन् ।

Post a Comment

Previous Post Next Post