आज क्वाती पुन्ही

श्रावण १८ गते विहिवार-आज क्वाती पुन्ही नेवाः समुदायमा यसको विशेष महत्व रहेको छ । त्यो त गैर नेवा समुदायहरु आजको दिन रक्षाबन्धन वा जनैपुन्हिमाको रुपमा लिइन्छ । उनीहरु आज पुरानो जनै फेरी नयाँ जनै लगाउने गर्द छ । आज गेडागुडीका नौ थरी मिसाएर क्वाती खाने चलन छ । त्यसमा सानो केराउ ,ठुलो केराउ ,राजमा, बकुला, चना, भत्मास, सानो दाल,बोडी मिसाएर क्वाती बनाउने परम्परा रहँदै आएको छ । यसमा प्रोटिनको मात्र बढी पाइने भएकोले स्वास्थ्यको दृष्टिले निकै नै राम्रो मानिन्छ । क्वाती भिजाएर काचै खानु भन्दा पकाएर खान्दा बढी लाभदायिक हुन्छ । यसरी पकाएर खान्दा प्रोटिनको मात्र संतुलन हुने गर्दछ । यसमा विशेषा गरी भिटामिन बी को मात्रा बढि पाइने गर्दछ।

यस दिन टोखाका नेवाः समुदायले दिशेषरुपमा मनाउदै आइरहेका छन । विहान सबेरै उठेर नुहाइ धुवाइ गरी घरको सरसफइ गरी काच्चो क्वती सहित राखि विभिन्न देवीस्थानमा पूजाआज गर्छन । साथै खेतमा गराहरुमा पनि क्वाति छ्ने गर्दछन । यसो गर्नुको अर्थ के हो भने खेलमा रहेकर बालिको सुरक्षा गर्ने भ्यागुतालाई सम्मान गर्दै आजको दिनमा क्वाति खुवाएको जनविश्वास रहन्दै आइरहेको छ । पुजा गरी सके पछि खाना पकाउने इष्टमित्रहरुलाई बोलाइ सँगै बसेर खाने चलन रहँदै आइरहेको छ । यसै दिन बेलुका पख भजन खलक बाट लाखे नृत्य प्रस्तुत गर्ने गरिन्छ यो लाखे नाच हरेक वर्ष यसै क्वाति पुन्हीका दिन देखि बाहिर रिन्छ ।क्वातिको बारेमा थप जानकारीका लागि यसमा जानु होसNutritious elements in Kvāti , a decoction liquid)
प्रकाशित मिति २०६९ श्रावण १८ गते विहिवार

Post a Comment

Previous Post Next Post